नेकपा एमालेकाे भातृ संगठन आदीवासी जनजाती महासंघ बन्दीपुरको अध्यक्षमा बल बहादुर गुरुङ्ग सर्वसम्मत

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, मार्ग ४,

नेकपा एमालेकाे भातृ संगठन आदीवासी जनजाती महासंघ बन्दीपुरको अध्यक्षमा बल बहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन्।

नेकपा एमाले बन्दीपुरका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षता तथा नेकपा एमालेका नेता एक बहादुर रानाकाे प्रमुख आतिथ्यतामा बिहीबार संपन्न प्रथम अधिवेशनले गुरुङ्गको अध्यक्षतामा ९ सदस्यिय गाँउ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्ष सुजन श्रेष्ठ, सचिव सीता राना र सदस्यहरूमा गुन वहादुर गुरुङ्ग, कृष्ण माया थापा ,लुना आले, निशा गुरुङ्ग , विनोद कुमार लामा र नरजङ्ग दुरा रहेका छन्।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य फुलमती थापा, भिम वहादूर गौतम, भगवान श्रेष्ठ, पूर्ब वडा अध्यक्ष हरेराम थापा गाँउ कार्य समितिका उपाध्यक्ष तथा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ सह सचिव रवि श्रेष्ठ, आमिर गुरुङ्ग, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा सदस्य ममता राना राजु खड्गी लगाएतको उपस्थित रहेकाे थियो।

Like