श्रीमद्भागवत ज्ञान महायज्ञ समापन

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, कार्तिक २४,

मुलुक्मा विश्व हिन्दु महासघ जिल्ला कार्य समिति स्याङ्जाले कार्तिक १६ गतेदेखि २३गते सम्मकालागि श्रीमद्भागवत ज्ञान महायज्ञ समापन गरेको छ। समापन अवधिभरमा कुल ८ लाख ७४ हजार २ सय ४८ रुपैयाँ संकलन गरिएको प्रमुख कथा बाचक पंडित नेत्रप्रसाद पराजुलीले जानकारी दिए । यसैगरि खर्च तर्फ १ लाख ८९ हजार ८ सय ६० रुपैयाँ खर्च भएको र ६ लाख ८४ हजार ३ सय ८८ रुपैयाँ बचत भएको श्रीमद्भागवत ज्ञान महायज्ञ समारोहका महासचिव पदम प्रसाद पाण्डेले खर्च सार्वजनिक कार्यक्रमका बीच जानकारी दिए ।

विश्व हिन्दु महासघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियोे ।विश्व हिन्दु महासघ स्याङ्जाले वेदानुयायी प्रतिष्ठान केन्द्रको अक्ष्ययकोष संचालनकालागि १ लाख ५ हजार समेत सहयोग गरेको छ।

Like