विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले २४४ रन बनायो
एजेन्सी,
खेलकुदमा भारतमा जारी आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले २४४ रन बनाएको छ। अफगानिस्तानका लागि सबै भन्दा वढिअज़मतउल्लाह ओमरज़ाईले आउट नभई बलमा चौका र छक्कासहित ९७ रन बनाए। त्यसैगरी रहमत शाह र नूर अहमदले २६ /२६ रन बनाए। त्यसैगरी इब्राहिम ज़दरान १५ रन तथा राशिद ख़ानले १४ रनको योगदान दिए। भारतको अहमदावादमा भइरहेको यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा २४४ रन बनाउँदा सबै विकेट गुमायो। दक्षिण अफ्रिकाका लागि जेराल्ड कट्ज़ीले सबै भन्दा वढि १० ओभरमा १ मेडन ओभर फाल्दै ४४ रन खर्चेर ४ विकेट लिए।त्यसैगरी लुंगिसानी एनगिडी र केशव महाराजले २/२ विकेट लिए। त्यसैगरी एंडिले फेहुक्वायोले १ विकेट हात पारे। अफगानिस्तान र पाकिस्तान दुबै टोलीको ८/८ अंक रहेको छ। पाकिस्तानले अन्तिम खेल इग्ल्याण्डसंग खेल्न बाँकी रहेको छ। रन रेटमा पाकिस्तान पछि अफगानिस्तान रहेको छ। न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ। न्युजिल्याण्ड भन्दा पाकिस्तान र अफगानिस्तान रन रेटमा पछि छन।सेमिफाइनलमा पुग्न अफगास्तिानले आज दक्षिण अफ्रिकालाई ठूलो अन्तरले हराउनु पर्दछ।त्यसैगरी पाकिस्तानले पनि इग्ल्याण्डलाई ठूलो अन्तरले हराए मात्र न्युजिल्याण्डलाईपछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। जारी लिगमा दुवैको यो अन्तिम अर्थात नबौ खेल हो। दक्षिण अफ्रिाका यस अघिका ६ खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तान आजको खेल जितेर १० अंक बटुलेर सेमिफाइनलमा पुग्ने सोचमा रहेको छ।अफगानिस्तान र दक्षिण अफ्रिकाबिच एक दिवसीय क्रिकेटमा अहिले सम्म १ पटक मात्र प्रतिस्पर्धा भएको छ। जसमा दक्षिणअफ्रिका बिजयी भएको छ।