सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
रासंसा/काठमाण्डौ, कार्तिक २,
मुलुकमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुटुको भल्भमा समस्या देखिएपछि श्रेष्ठलाई बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ। स्रोतले भन्यो, ‘हिजो एक्कासी उहाँलाई हर्टअट्याक भएपछि इमर्जेन्सी, अस्पतालमा पुर्याएको थियो। उनको अवस्था अहिले सामान्य रहेको छ। ’ बैठकमा सरकारका नियमित काम कारबाहीमाथि छलफल हुने बताइएको छ। चीन भ्रमणमा रहेकाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने सहभागी छैनन्। उनलाई गएरातिहृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। स्रोतका अनुसार श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको हो। भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको बताइएको छ। गृहमन्त्री श्रेष्ठको मुटुमा एन्जियोप्लाष्ट गरी एउटा स्ट्याण्ड राखिएको छ। श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका छन्। बुधबार उनले तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए।