हृदयाघात प्रधानमन्त्रीलाई नभएको निर्क्योल
रासंसा/काठमाण्डौ, कार्तिक १,
मुलुकमा नर्भिक अस्पताल स्रोतका अनुसार छातीमा असहज महसुस भएर नर्भिक अस्पतालमा भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गम्भीर हृदयाघात नभएको निक्र्यौल भएको छ । मुटुसँग जोडिएको धमनीमा अवरोध भएको या नभएको पत्ता लगाउन उनको कोरोनरी एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीबाट यस्तो निक्र्यौल निकालिएको हो । प्रारम्भिक जाँचमा संलग्न एक चिकित्सकले भने, ‘प्रधानमन्त्रीको क्लिनिकल अवस्था हेर्दा हृदयाघात होइनजस्तो देखिन्थ्यो, उहाँलाई ग्यास्ट्राइटिस वा अन्य कारणले छातीमा असहज भएको हो भन्ने देखिन्थ्यो तर उहाँ निकै आत्तिएका थिए ।’ चिकित्सकहरूले जोखिम लिन चाहेनन् । दिनभरी आफ्ना नियमित कामकाजमा संलग्न प्रधानमन्त्री दाहाल साँझसम्म प्रहरीको एक कार्यक्रममा सामेल भएका थिए । कार्यक्रमबाट फर्केको केही समयपछि निवासमा उनलाई छातीमा असहज महसुस भयो । तत्कालै उनलाई नर्भिक अस्पताल लगियो । अस्पताल पुग्दा उनी निकै आत्तिएको अवस्थामा थिए । उनको कोरोनरी एन्जियोग्राम गर्ने निर्णय गरियो । यो भनेको मुटुसँग जोडिएको धमनीमा अवरोध भए नभएको जाँच्न भित्र बेलुन पठाएर हेर्ने प्रविधि हो । तर, एन्जियोग्राम गर्न बिरामीले खाना खाएको दुई घण्टा नाघिसकेको हुनुपर्ने र प्रचण्डले खाना खाएको समय भर्खरैजस्तो भएको हुँदा झन्डै डेढ घण्टा कुर्नुप¥यो । त्यस अवधिमा बिरामी निकै आत्तिएको देखिएको हुँदा उनलाई औषधि दिएर सुत्न दिइयो । एन्जियोग्रामको सम्पूर्ण तयारीचाहिँ पूरा गरियो । समय भएपछि उनलाई एन्जियोग्राम गरिएको थियो । अस्पताल स्रोतका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने सम्भावना छ ।