उपभोक्ता ठग्ने ६ व्यापारिक फर्मलाई १ लाख ५ हजार जरिवानाको फन्दामा
रासंसा/काठमाण्डौ, आश्विन २७,
मुलुकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगी गर्ने ६ वटा पसललाई १ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले शुक्रबारको बजार अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ती पसललाई आर्थिक जरिवाना गरेको हो । यस्तै, इन्द्रावतीको किराना पसललाई ५ हजार, खुसिबुको किराना पसललाई ५ हजार, कालिमाटीको माछा पसललाई ५ हजार र काठमाडौंको किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यी पसलहरुले बिलबिजक नराख्ने, मूल्यसूची नराख्ने गरेको पाइएको प्रवक्ता पोखरेलले जानकारी दिए । विभागका अनुसार बुढानिलकण्ठको पानी पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलले मूल्य सूची, दर्ता प्रमाण नराखेको पाइएको थियो । ४ जना सदस्यसहितको टोलीले पानी पसललाई ५० हजार जरिवाना तिराएको हो । यसबाहेक, ललितपुरको कस्मेटिक पसललाई २० हजार तिराइएको प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
GCI COLLEGE