अन्य थपदेशप्रदेश-३ [बागमती]मनोरञ्जनमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

सेभ द नेशन मिडियाको १५ औं वार्षिकोत्सव २०८० सम्पन्न

Share to:

रासंसा/आश्विन १८,
सेभ द नेशन मिडियाको १५ औं बार्षिकोत्सव सम्पन्न सम्पन्न भएको छ । सेभ द नेशन मिडियाका अध्यक्ष वरिष्ठ समाजसेवी सह प्राध्यापक डा. के. बि. सम्राटको सभापतित्वमा भएको वार्षिकोत्सबमा नेपालका प्रथम उपराष्टपति परमानन्द झा को प्रमुख आतिथ्यता थियो । सो अवसरमा विशिष्ट अतिथिको आतिथ्यता पुर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा प्रतिनिधीसभा सदस्य शेरबहादुर कुंवर, पुर्व रक्षामन्त्री भिमसेन दास प्रधान, पुर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङ रहेका थिए । अतिथिहरुमा कैलाश पर्वत आयुर्वेदिक प्राकृतिक उपचारक राजन प्रसाद घिमिरे, वरिष्ठ शिक्षाविद बिष्णु प्रसाद पौडेल, वरिष्ठ कृषि उद्यमी शशी शर्मा पौडेल, नार्कोनन नेपालका निर्देशक पुजा कुंवर, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य धार्मिक ब्याक्तित्व माता भद्रकाली, स्वामी सच्चिदानन्द विशुद्धदेवका प्रथम र अन्तिम शिष्य द्वय स्वामी कल्याण मित्र र सन्यासी योगाचार्य महात्मा सुशील, माता दक्षिणकाली, सहारा महिला समाज नेपालकी अध्यक्ष बिना दाहाल, ड. सर्मिला मोक्तानल्गायतका बिशिस्ट महानुभावहरुको आतिथ्यता थियो । वार्षिकोत्सवमा विशिष्ट समाजसेवी बुद्धिजीवी , स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिककर्मी, सर्वसाधारण हरुकाे गरिमामय उपस्थितिको साथ कार्यक्रम सम्पन्न भएको थियो । सो समारोहमा विभिन्न बिधामा योगदान पुराउनु हुने स्रष्टाहरुलाई मिडिया सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा प्राकृतिक उपचारक राजन प्रसाद घिमिरे, शिक्षाविद विष्णु प्रसाद पौडेल, कृषी उद्यामी शशी शर्मा पौडेल, नेपालकै पहिलो अकुपन्चर विशेषज्ञ डा. सुरज कर्माचार्य, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव सन्चारकर्मी महेश जङ्ग कुंवर, वरिष्ठ शिक्षासेवी कुमुद छतकुली भट्ट, नार्कोनन नेपालकि निर्देशक पूजा कुंवर, वरिष्ठ शिक्षासेवी भिम बहादुर मल्ल, वरिष्ठ युवा उद्यमी दिपक कार्की, पर्यटन ब्यवसायी शोभा गुरुङ, वरिष्ठ पार्केटिङ ब्यवसायी नवराज धमला, वरिष्ठ शिक्षासेवि डि. एन. अधिकारी, वरिष्ठ शिक्षासेवि निलकण्ठ अमात्य, समाजसेवी सरला पन्थी, समाजसेवी सुलोचना गौतम, समाजसेवी मिरा अमात्य सम्मानित भएका थिए । समारोहमा प्रमुख अतिथि नेपालका प्रथम उपराष्टपति परमानन्द झाले नेपालको संविधान अनुसार कुनै कार्य नभएकाले नेपाली जनताले पीडा भाग्नु परेको र संचारकर्मी पनि राजनीति पार्टीको भात्री संगठनरुपी भएकाले जनतामा स्वच्छा स्वतन्त्र समाचार सुसुचित हुन नसक्दा थप पीडामा परेको बताउदै सेभ द नेशन मिडियाले जनतामा स्वच्छ स्वतन्त्र समाचार सुशुचित गरेकाले डा. के बि सम्राटलाई धन्यवाद दिनुभएको थियो । समारोहमा विशेष अतिथि, अतिथि तथा समानित व्यक्तित्वहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समारोहमा सांस्कृतिक नृत्य कलाकार मनिषा राईको निर्देशनमा प्रदर्शन गरिएको थियो भने सहयोगी ब्यक्तित्वहरुलाई मायाको चिनो वितरण गरिएको थियो । वार्षिकोत्सब कार्यक्रमको सन्चालन स्वतन्त्र पत्रकार संघ नेपालक अछाम जिल्ला अध्यक्ष योगयात्री सन्चार्कर्मी डा. विष्णु बहादुर खड्का र सन्चारकर्मी मनु बांठा मगरले गर्नुभएको थियो । वार्षिकोत्सव समारोहको प्रत्यक्ष प्रसारण सेभ द नेशन मिडियाले गरेको थियो ।

Like