कर्णाली एमाले अधिवेशन अझै सुरु हुन सकेन मतदान
रासंसा/सुर्खेत, आश्विन १४,
मुलुकमा बिहान ८ बजेदेखि सुरु हुने भनिएको नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन। निर्वाचन अधिकृत मातृका खानालका अनुसार मतपत्र अझै छपाइको काम भइरहेको छ। जसका कारण मतदान प्रक्रिया अझै ढिलाई हुने देखिएको छ। खनालले मतदान प्रक्रिया १० बजेसम्म हुन सक्ने बताए । मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन्। तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन्।
Like