ललिता निवासमा पुर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण सर्वोच्चले सोध्यो
रासंसा/काठमाण्डौ, आश्विन ९,
मुलुकमा सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो। शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा मुद्धा दायर गरेका थिए।
Like