अर्थतन्त्रप्रदेश-४ [गण्डकी]रोचक संसारविज्ञान/प्रविधि

ग्रिन डेभलपमेन्ट बैंकको १४औँ वार्षिकोत्सवमा दमौली खानेपानीलाई वाटर डिस्पेन्सर हस्तान्तरण

Share to:

अन्जनराज न्यौपाने

_राष्ट्र संरक्षण, तनहुँ_
: ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा बैंकको दमौली शाखाले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

एक विशेष कार्यक्रमका बीच बैंकका क्षेत्रीय प्रबन्धक हरि अधिकारीले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिकुमार श्रेष्ठलाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो।

बैंकले उक्त सहयोगले संस्थामा आउने सेवाग्राही तथा उपभोक्तालाई सहज रूपमा खानेपानीको सुविधा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

हस्तान्तरण कार्यक्रममा दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठ , व्यवस्थापक अमर गिरी, ग्रिन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका प्रतिनिधि सुदिप न्यौपाने, दमौली शाखाका शाखा प्रबन्धक युवराज शाही, संस्थाका कोषाध्यक्ष चिरनकाजी बतास तथा सदस्य सूर्यभक्त अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि श्रेष्ठले बैंकले संस्थाप्रति देखाएको सहयोगको प्रशंसा गर्दै वाटर डिस्पेन्सरबाट संस्थाका करिब ३ हजार ९ सय उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। उनले बैंक र संस्थाबीचको सहकार्यले आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदाय लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Like