नेपाल–हङकङ व्यापारिक सम्बन्धमा जोड

Share to:

एजेन्सी,

मुलुकमा हङकङ सरकार प्रशासनका मुख्यसचिव चान क्वोक कीले तीव्र विकासमा तल्लीन हङकङ र नेपालको सुदृढ व्यापारिक सम्बन्धमा जोड दिएका छन्। नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा चानले नेपालको विकास र आर्थिक उन्नतिका लागि शुभकामना दिए। कार्यक्रममा लेग कं लेजिस्टिभ काउन्सिलर शिउ का फाई, डिएबी पार्टी अल्पसंख्यक समितिका उपाध्यक्ष जेसन चोङ, प्रोटोकल डिभिजनका निर्देशक ह्यारी चान, कन्सुलर अफेयर्स प्रोटोकल डिभिजन कार्यकारी अधिकारी मिस एन वङ, अध्यागमन अधिकारी पियोनी शाम, हङकङ प्रहरी प्रशासनका अधिकारीहरू, भारत, वंगलादेश, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, थाइल्यान्ड, फिलिपिन्स, अमेरिका, कोरियाका महावाणिज्यदूतहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। उनले मौलिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपालीहरूको कला, कौशल र शैलीको प्रशंसा पनि गरे। हङकङस्थित महावाणिज्य दूतावासको आयोजनामा भएको कार्यक्रममा हङकङ मकाउस्थित महावाणिज्यदूत उदयबहादुर रानामगरले नेपाली जनताले आफ्नै शासकीय ब्यवस्था आफैंले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धतिको स्थापना, लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै जारी भएको संविधानको शुभकामना दिए। नेपाल र चीनको राष्ट्रिय गीतसँगै सुरु भएको कार्यक्रममा नेपाल र नेपालीको हितका लागि उत्कृष्ट कार्य गरिरहेका नेपाली संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

Like