यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस
रासंसा/काठमाण्डौ, आश्विन ३,
मुलुकमा सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। नऔं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकाले उपस्थित भएका थिएनन्। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत अन्य उच्च पदस्थ व्यक्ति सहभागी थिए। समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो। २०७२ असोज ३ गते संविधान जारी भएको थियो। त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस रुपमा मनाउने गरिएको छ।