विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको महर्षि गुरुकुल चम्पादेविमा भावातित ध्यान शिविरसंगै विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ,भाद्र ३०,

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती प्रशिक्षण विभाग र नेपाल महर्षि वैदिक फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा यहि भाद्र २५, २६, २७ र २८ गते महर्षी वैदिक फाउन्डेसन काठमाण्डौमा सञ्चालित भावातित ध्यान शिविरसंगै विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ध्यान, योग र यज्ञका माध्यमबाट नै विश्वलाई शान्त पार्न सकिन्छ भन्ने हेतुले ४ दिनसम्म सो शिविर आयोजना गरिएको हो । विश्व हिन्दु महासंघका सबै किसिमका सदस्यहर्लाई लक्षित गरी आयोजना गरिएको ध्यान शिविर तथा विशेष प्रशिक्षण कार्यक्रममा युवापुस्ता समेत गरी ६५ जनाको सहभागिता रहेको आयोजकले जनायो ।

विश्वमा नेपालले मात्र शान्तिको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइलाई साकार पार्न ध्यान, योग र रुद्राभिषेक यज्ञ सञ्चालन गरी कार्यक्रमलाई निरन्तरता दिईएको फाउन्डेसन अध्यक्ष पुर्व गृह राज्य मन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो । सो ध्यानले पार्ने प्रभाव, मानसिक रोगको निवारण तथा सामुहिक चेतनाले विश्वमा पार्ने प्रभावको बारेमा चर्चा गर्दै भावातित ध्यान तथा सिद्धि प्रशिक्षक एवं विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती प्रशिक्षण बिभागका प्रमुख भरत राज पौडेलले र प्रशिक्षक मनिराज अधिकारीले शिविरमा दिइएको ज्ञानलाई शक्तिमा बदल्ने गरी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती प्रशिक्षण विभाग र नेपाल महर्षि वैदिक फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा सुरु गरेको कार्यमा आफूहरुले पनि सहभागिता जनाउन पाएको भन्दै शिविरमा दिइएका ज्ञानलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाले आगामी दिनमा पनि ध्यान शिविर, संगोष्ठि लगायत कार्य गर्ने बताउनुभयो । सेभ द नेशन अन्लाईन टिभीले ध्यान शिविर तथा विशेष प्रशिक्षण कार्यक्रमको मिडिया प्रवर्द्धन गरि प्रत्यक्ष प्रसारण गरेको थियो ।

आध्यात्मिक संसारसँगै भौतिक संसारमा सहज ढंगले जीवन यापन गर्नका लागी ध्यान र क्रियाको सुव्यवस्थित तरिका प्रयोग गर्न सबैलाई भावातित ध्यान शिक्षक मनि राज अधिकारिले आग्रह गरे । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितीका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रतिष्ठित महानुभावहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम समापनमा सहभागी सबैअलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम विश्व हिनु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारीले सभ्य र अनुशासनसाथ संचालन गर्नुभएको थियो ।

Like