पुलमा अल्झेको हुलाकी राजमार्ग
रासंसा/धनुषा, श्रावण २२,
मुलुकमा हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा धनुषा–सिरहाको साझा कमला नदी र सप्तरी–सिरहाको साझा बलान नदीमा पुल शिलान्यास हुँदा रासलालसँगै यस भेगका ग्रामीणदेखि सहरी क्षेत्रका बासिन्दामा खुसी सञ्चार भयो। राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका मानिस रोमाञ्चित भए। २०६८ सालमा पुलको ठेक्का लागेर काम सुरु भएपछि रासलाल पुल निर्वाध बन्नेमा ढुक्क भए। तर १२ वर्ष बित्दा पनि कमला नदीमा पुल नबन्दा रासलालसँगै यस भेगका जनताको आशा निराशामा परिणत भएको छ। सिरहा बरियारपट्टी गाउँपाकिला–३ का ८८ वर्षीय रासलाल यादवको हुलाकी सडकलाई राजमार्गको स्वरूपमा देख्ने सपना सात दशकभन्दा अघिदेखिको हो। हुलाकी सडकलाई राजमार्गका रूपमा विकास गर्ने चर्चा चुलिँदा उनको सपनामा पालुवा पलाउँथ्यो, चर्चा सेलाउँदा सपना पनि सेलाउँथ्यो। उनी हुलाकी सडकमा पटकपटक हिँडेका छन्। तर हुलाकी राजमार्गमा सरर हिँड्ने उनको सपना भने पुलमै अल्झेको छ। सिरहा बरियारपट्टी गाउँपाकिला–३ का ८८ वर्षीय रासलाल यादवको हुलाकी सडकलाई राजमार्गको स्वरूपमा देख्ने सपना सात दशकभन्दा अघिदेखिको हो। सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल २०७८ असारमा करिबकरिब सम्पन्न भएको थियो। ढिलै भए पनि निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरी उद्घाटनको तयारी भइहेकै बेला २०७८ असारमा कमला नदीमा आएको बाढीले पुल भासिएपछि मधेसको जीवनरेखा हुलाकी राजमार्गको सपना सेलाउन पुग्यो। हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम हो–कमला नदीको पुल। यो पुलले धनुषा र सिरहा जोडिन्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ। यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम हो–कमला नदीको पुल। यो पुलले धनुषा र सिरहा जोडिन्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ। यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ।२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो। राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको छ। १९०३ सालदेखि २००८ सम्म पटकपटक शिलान्यास भयो। पटककपटक शिलान्यास र निर्माण थालनी भए पनि बीचबीचमा रोकिएको विगत छ। त्यही विगतले अहिलेसम्म पछ्याइरहेको छ। कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनर्निर्माण गर्नेगरी काम थालेको छ । तर अहिले बर्खाका कारण काम रोकिएको छ। निर्माण कम्पनीका अनुसार असोजबाट पुनः काम सुरु हुनेछ। राणाकालदेखि नै मधेसका जनताको मन जित्ने नारा हो, हुलाकी राजमार्ग। यही नारालाई २००७, २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले पनि मजाले भजाए। यो राजमार्गलाई मधेसी जनताको आर्थिक समृद्धिसँग जोडेर बनाइएका चुनावी नारा खुबै बिके। हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल नेता सांसद, मेयर, अध्यक्ष बने। उनीहरूको जीवनशैली फेरियो तर मधेसी जनताको जीवनस्तर बदलिएन। कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनर्निर्माण गर्नेगरी काम थालेको छ । तर अहिले बर्खाका कारण काम रोकिएको छ। निर्माण कम्पनीका अनुसार असोजबाट पुनः काम सुरु हुनेछ। पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित १ हजार ७ सय ९२ किमि सडक स्तरोन्नति ४७ अर्ब २४ करोड रूपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो। तर निर्माणको कामले गति लिन सकेन। जनता धुलाम्मे र हिलाम्मे सडकमा यात्रा गर्न विवश बनिरहे। कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वछन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको लामो समय भएको छ। ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो। १ अर्ब २० करोड २० लाख रूपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा गर्दा पनि सम्पन्न भएन। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्नेगरी फेरि समय थप गर्यो। तर अहिलेसम्म काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। राणाकालदेखि नै मधेसका जनताको मन जित्ने नारा हो, हुलाकी राजमार्ग। यही नारालाई २००७, २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले पनि मजाले भजाए। ‘बुबाहरूले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउनृु हुन्थ्यो’, धनुषा खुजुरी महुवाका रहिम कबारी भन्छन्, ‘तर हुलाकी राजमार्ग भएर कमला नदीमाथिको पुल तर्ने बुबाको सपना पूरा भएन। मेरो सपना पूरा हुन्छ भने आशा थियो तर त्यो पनि त्यत्तिकै सेलाउने हो कि?’ सन्हैठाका राजेश्वर यादव विगत सम्झँदै भन्छन्, ‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो।’ सडकमा परेका खाल्डाका कारण गुडाउनै कठिन हुन्थ्यो। यहाँबाट भारतका दरभंगा, मधुवनी लगायतका सहरमा धान बिक्री गर्न लैजान्थ्यौं। उताबाट नुनतेल, लत्ताकपडा लिएर आउथ्यौं। पूर्व–पश्चिम राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो। सडक विस्तारै जीर्ण बन्न थाल्यो। पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।’ यो हुलाकी सडकको दुर्दशा पूर्व–पश्चिम राजमार्ग बनेपछि सुरु भएको आसपासका स्थानीय बताउँछन्। ‘राजमार्ग बनेपछि यो सडक राज्यबाट ओझेलमा पर्यो’, यादवले भने। ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ।
हुलाकी सडकको सुरुवातपूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो। मधेसका जिल्लाहरू जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ। यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७९२ किमि पुगेको छ। राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको छ। पटककपटक शिलान्यास र निर्माण थालनी भए पनि बीचबीचमा रोकिएको विगत छ। त्यही विगतले अहिलेसम्म पछ्याइरहेको छ। समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको मधेसलाई अन्नको भण्डार भनिन्छ। यहाँको उत्पादनले मुलुकलाई पाल्न सक्ने बताइन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका जानकारहरू बताउँछन्। हुलाकी सडक क्षेत्रमा चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग) छेउमा विस्तार हुन थाल्यो। दक्षीणका (हुलाकी सडक छेउका) बासिन्दा उत्तरतिर सरेपछि व्यापार–व्यवसायसमेत उत्तैतिर सर्यो। नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ। हुलाकी मार्गको बेहाल अवस्थाले दक्षीणका पुराना बजारहरू उजाड भएका छन्। हुलाकी मार्ग निर्माण नहुँदा यो सडकसँग जोडेर दूरदेहातसम्म सडक सञ्जाल विस्तारमा कठिनाइ भयो। जसका कारण कृषि उपजको बजारीकरण गर्न सकिएन। कृषिउपजको बजारीकरण गर्न नसक्दा कृषिप्रतिको आकर्षण घट्दै गएको छ। देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ। यहाँको एक तिहाइभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहरहरू यसै क्षेत्रमा छ। स्रोतसाधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचाकांकमा पछाडि परेको अर्थात् गरिब छ। बाँसको पुलमा अडिएको लाइफलाइन ६ महिने छोरा आयांशलाई काखमा च्यापेर कविता आइतबार धनुषाको लगमाबाट तीन घन्टा पैदल हिँडेर कमलाको भत्केको पुलको छायामा सुस्ताउँदै थिइन्। ‘काखमा सलले छोपिएको बच्चाको बेहाल छ भने बच्चा बोकेर हिँडेर आउनेको हालत कस्तो भएको होला! यो देशमा मनलाग्दी छ। जसलाई जे मन लाग्छ गर्न छुट छ। १२ वर्ष लगाएर बनाइएको पुल पानीको समान्य बहावले भत्किएपछि के भयो? पुल भत्किनुको कारण पत्ता लगाइयो? यो पुल बनाउनेमाथि कुनै कारबाही भयो? मैले त सुनेको छैन,’ सलले छोराको अनुहार पुछ्दै उनले भनिन्, ‘भएको छ भने मलाई बताइदिनुस्। पुल बनिदिएको भए गाडी चढेर ३० मिनेटमै मानपुर पुग्थे उनले भनिन्, ‘मेरो बाबु पनि परेसान हुँदैनथ्यो। काम सकेर एक दिनमै फर्किन्थे तर यो पुल नबन्दा म मात्र नभई मजस्ता कैयन् मानिसको दैनिकी कष्टकर बनेको छ। हाम्रो पीडामा मलम लगाइदिने कोही भएन। सरकार जनताको दुःखमा मलम लगाउँछन्। सुनेको थिएँ सब झुट रहेछ।’ पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पुर्याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ। नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ। पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पुर्याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ। कविताको घर सिरहा नगरपालिका–५ मानपुरमा छ। तर उनी धनुषाको लगमामा बस्दै आएकी छन्। उनी मानपुर–लगमा आउजाउ गरिराख्छिन्। आइतबार उनी आफ्नो छोरा आयांशको जन्मदर्ता बनाउन वडा कार्यालय जाँदै थिइन्। पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पुर्याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ। मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको लक्कडमा निर्माण भएको कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच भएर बग्ने कमला नदीमा दुई बाँधबीच १२ सय मिटर दूरीमा ४७० मिटरको बन्दै गरेको पुल निर्माण नसकिँदै भत्केपछि कविताजस्ता कैयन्को जीवनरेखा बिथोलिएको छ। अहिले यस भेगका बासिन्दाको जीवनरेखा बासको पुलको सहारमा अडिएको छ। कमला नदीमा पुल भत्केपछि १२ सय मिटरको दूरी पार गर्न दुवैतिर (सिरहा र धनुषा) का बासिन्दाको सहरा बनेको छ बाँसको पुल। बाँसको पुलमा दुवैतिरका बासिन्दा जोखिम मोलेर वारपार गर्न बाध्य छन्। उक्त पुल भएर मोटरसाइकल तथा पैदलयात्री यात्रा गर्छन्। बर्खा नभएकाले बाँसको पुलको सहारामा मानिस आउजाउ गर्छन्। तर बर्खा भएर नदीमा पानीको सतह बढे फेरि आवागमन अवरुद्ध हुने निश्चित छ। पुल भत्केपछि हुलाकी राजमार्ग भएर आउजाउ गर्नेहरूको सम्पर्कविच्छेद भएपछि सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर बाँसकै खम्बामाथि प्लाइउड राखेर पुल बनाएको छ। धनुषाबाट बाँसको पुल भएर सिरहा आउँदै गरेका धमेन्द्र सिंहले भने, ‘लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा हामी पीडाको पहाड बोकेर बाँच्न बाध्य छौं। बाँसको पुल त केवल तत्कालीन सहारा मात्र हो। यसको लामो आयु छैन। यो कामचलाउ पुल कहिले र कति समयलाई हो भन्न सकिँदैन। नदीमा अलि ठूलो बाढी आयो भने यो बाँसको पुल बगेर कहाँ पुग्छ ठेगान छैन। अनी हाम्रो कष्ट फेरि ज्यूँका त्यूँ। उनले कमला नदीतर्फ हेर्दा बर्खा नभइदिए हुन्थ्यो भन्ने लाग्ने खेततर्फ हेर्दा बर्खा भइदिए हुन्थ्यो भन्ने लाग्ने बताए। ‘बाँसको पुल बनेपछि दैनिक ५ सयभन्दा बढी मोटरसाइकल तथा हजारौं मानिसको सम्पर्क जोडिएको छ,’ उनले भने, ‘यस भेगका मानिस मधेस प्रदेशको मुकाम जनकपुरधाम जान यही बाटो प्रयोग गर्छन्।’ कविताको घर सिरहा नगरपालिका–५ मानपुरमा छ। तर उनी धनुषाको लगमामा बस्दै आएकी छन्। उनी मानपुर–लगमा आउजाउ गरिराख्छिन्। आइतबार उनी आफ्नो छोरा आयांशको जन्मदर्ता बनाउन वडा कार्यालय जाँदै थिइन्। धनुषाको हथमुण्डा, लक्कर, बरेवा, कठाल, बानरझुला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो। यी गाउँका बासिन्दा किनमेल गर्न बाँसको पुलमा जोखिम मोलेर सिरहा बजार आउँछन्। सामान किनमेल गरेर फेरि बाँसकै पुलबाट कमला नदी पार गर्छन्। गागनको गनगनपुलमाथिबाट नदी तर्ने सपना सजाएका बिहारी यादवको सपना अधुरै रह्यो। उनी संसार छाडेर गए। तर हुलाकी राजमार्ग अन्तर्गतको गागन नदीमा पुल बन्ने चर्चा सेलाएर गयो। दुर्गानन्द साह भन्छन्, गागन खोला तरेर बाँचेको मेरो पुलमाथिबाट नदी तर्ने सपना पूरा नहुने हो जस्तो लाग्छ। पुलमाथिको दुर्गानन्दको शंका स्वाभाविक छ। कारण २०७९ साउन ८ मै बनिसक्नुपर्ने गागन नदीको पुल अझै अलपत्र छ। हिराचन रोशन जेबीमार्फत रोशन कन्ट्रक्सनले निर्माण गरिरहेको पुल २०७९ साउन ८ भित्र निर्माण सकिने गरी २०७६ माघ ८ मा सम्झौता गरेको थियो। सुस्त गतिमा पुल निर्माणको काम भइरहेकाले स्थानीयमा खुसीभन्दा आक्रोश र निराशा बढ्दो छ। पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहा खण्डको औरही र दरहैया गाउँको बीचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। ठेकेदार कम्पनीको कारणले पुल निर्माण ढिलो हुँदै जाँदा बर्खामा सर्वसाधारण जोखिम मोलेर गागन नदी वारपार गर्न बाध्य रहेको साहले बताए। हुलाकी राजमार्ग र यसअन्तर्गतका पुलहरूको निर्माण टिकाउ र छरितो भइदिए मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन ल्याउन सक्छ नभए निराशा, आक्रोश र गरिबीले जरा गाड्छ। धनुषा सगहाराकी सकिना खातुन भन्छिन्, ‘सुक्खा याममा त बाँसको पुलबाट काम चलिहाल्छ तर वर्षायाममा भने हामी गाउँमै घेरिन्छौं। वर्षौंदेखि अलपत्र कमला पुल बनिदिए हाम्रो यात्रा सुरक्षित हुन्थ्यो।’