पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १७,

मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। त्यस्तै एलपी ग्यासको मूल्य १३० रुपैयाँले घटेको छ। यससँगै ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ भने पेट्रोलको १७३ र डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ। त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको छ। निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू गरेको थियो।

Like