माओवादीका दुई मन्त्रीले कोशी प्रदेश सरकारबाट दिए राजीनामा
रासंसा/मोरङ, जेष्ठ २३,
मोरङ कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । माओवादीबाट चापागाईंले पार्टीको नेतृत्व गरेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा गएका थिए । उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । बदलिएको राजनीतिक परिस्थित कारण देखाउँदै माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।
Like