१३ पुण्य तिथि शोक सभा सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १७,

प्रजातान्त्रिक सेनानी सघ तनहुँका पुर्व जिल्ला सभापति एब्म् नेपाली काँग्रेस ब्यास नगर कार्य समितिका पुर्व सभापति बद्रीहरि भट्टराईको १३ पुन्य तिथि सभा सम्पन्न गरिएको छ। ब्यास-४ स्थित साँखर टोलमा नेपाली काँग्रेस नगर कार्य समितिको अायोजनामा उक्त शोक सभा अायोजना गरिएको हो । शोक सभालाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वर्गीय प्रजातान्त्रका सेनानी ,सच्चा पुरुष,विभिन्न अान्दोलनका कमान्डर बद्रीहरि भट्टराईले अाम तनहुँ वासीहरुलाई सच्चा ,ईमानदार र कर्तव्य निष्ठ भै अनुशासनको पालना गरि समाजमा निश्पक्ष सेवा गर्नुपर्ने सल्लाह दिने सालिन नेता गुमाउदा अाफु अतिनै मर्माहत भएको बताए । अाफुलाई राजनीति सिकाउने गुरु बद्रीहरि भट्टराई भएको बताउदै नेका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उहाँको निधनले नेपाली काँग्रेस तनहुँ जिल्लालाई अपुरणीय क्षति पुगेको बताए ।


कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , नेपाली काँग्रेसका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने ,नेका पुर्व पार्टी सभापति रघुनाथ पौडेल ,गण्डकी प्रदका सांसद डोबाटे व,क ,जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले ,नेपाली काँग्रेस नगर सभापति सुर्यचन्द्र हड्खले नेपाल प्रेस युनियनका निवर्तमान सभापति अमरराज नहर्की ,नेका क्षेत्रिय प्रतितिधि सुशीला शर्मा भट्टराई लगाएतका वक्ताहरुले स्वर्गीय प्रजातान्त्रिक अान्दोलनका का कमान्डर बद्रीहरि भट्टराईले २००७ साल,४६ साल र ६२/६३ सालाको जनअान्दोलनमा अग्रणी नेतृत्वदायी भुमिका निर्वा गरेको भन्दै नेता भट्टराईले देखाएको बाटोमा सबै क्रियाशिल भै लाग्नुपर्नै धारणा वक्ताहरूले राखेका थिए।

Like