ब्याप्त भ्रष्टाचार र बेथितिका विरुद्द सडक साहित्य अभियान

Share to:

अन्जन राज न्यौपाने/तनहुँ, ज्येष्ठ ६,

गण्डकी बाङमय प्रतिष्ठान केन्द्र नेपाल तनहुँ शाखाले देशमा ब्याप्त भ्रष्टाचार र बेथितिका विरुद्धमा बृहत सडक साहित्य अभियान कार्यक्रमको अायोजना गरेको छ। गण्डकी बाङ्मय प्रतिष्ठानका अध्यक्ष एब्म बरिस्ठ साहित्यकार अर्जुन अधिकारीले देश लुट्ने कुनै पनि तह र तप्काकाका गिरोहहरुलाई निश्पक्षरुपमा छानवीन गरि दोषीमाथि कडा कार्वाही गर्नुपर्ने बताए । दोषी उम्किन नपाउन र निर्दोषलाई फसाउन नहुने बताए । यसैगरी महिला समाजसेवी साहित्यकार इनकन पोख्रेल खनालले देशलाई भ्रष्टाचार गरेर जनतालाई धोका दिने देशका अराजक केही नेता मुलुक र जनताबाट सधाकालागि तिरस्कृत भएको बताईन।

भ्रष्टाचार जरैदेखि निर्मुल पार्नुपर्नै माग सहित सडक विरोध कार्यक्रम गण्डकी बाङमय प्रतिष्ठानले गरेर जनतामा सचेतता र जागरुक बन्न थप प्रेरणादायी भुमिका निभाएको बताईन। जनता र मातृभूमिलाई धोका दिने नेता र केही विचौलीया विदेशी दलाललाई समेत जनताले कार्वाही गर्ने बताईन। कार्यक्रममा साहित्यकारहरु समुन्द्र गोदार,होमबहादुर बस्नेत, हरिबंश वाग्ले,सानुकाजि यथार्त,श्रीराम कार्की ,गौकुमारी न्यौपाने ,संगम सापकोटा लगाएतका साहित्यकारहरुले देश लुट्नेहरुलाई पाताफर्काएर कानुनी दायरामा ल्याउन सके मानव अधिकारको संरक्षण ,महंगी,वेरोजगारी समस्यको नियन्त्रण हुने बताए ।

Like