मधेस सरकारका काण्ड छानबिन गर्न माग
रासंसा/पर्सा, ज्येष्ठ ६,
मुलुकमा नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पर्सामामा आन्दोलन सुरु भएको छ । मधेसमा लोकप्रिय भनिएका छात्रालाई साइकल वितरण काण्ड निकै चर्चामा रहेको र त्यसमा कर्मचारी मात्र दोषी देखाई आदेश दिने मधेस सरकार प्रमुख उम्किएको प्रदर्शनकारीको आरोप छ । यो साइकल वितरणदेखि छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यकरणका नाममा भएका अझ ठूला भ्रष्टाचारलगायतका काण्ड पनि छानबिन गर्न माग गरिएको जनमत पार्टीका पर्सा अध्यक्ष सर्राफले बताए । शुक्रबार वीरगन्जमा प्ले काडसहित प्रदर्शन गर्दै जनमत पार्टी पर्साले अभियानलाई अगाडि बढाएको छ । बुधबारबाट जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणलगायतको निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै भ्रष्टाचार विरोधको कार्यक्रम सुरु गरेको छ । पहिलो चरणको कार्यक्रमअनुसार तीनदिनदेखि धर्नाका कार्यक्रम गरिँदै आएको छ । यसबाट पनि जिम्मेवार निकायको ध्यानाकर्षण नभए थप कडा कार्यक्रमसहित अब जनमत पार्टी अगाडि बढ्ने अध्यक्ष सर्राफले दाबी गरे । भष्टाचारजस्तो भए पनि त्यो सबै सूक्ष्म तरिकाले छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गरी सबै सम्पत्ति जफत गर्नुपर्ने माग जनमतको छ । भ्रष्टाचारका घटना निष्पक्ष छानबिन गर्दा खुटा नकमाउन आग्रह गर्दै नेपाल प्रहरीका अधिकारीलाई पूmलगुच्छाले सम्मान गर्ने पनि प्रदर्शनकारीले उद्घोष गरे ।