आगामी बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर सिर्जना र सुशासन प्रवर्द्धनमा लक्षित हुनेछ – अर्थमन्त्री महत
रससा/काठमाण्डौ, बैशाख २४,
मुलुकमा प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव’ बजेटका प्राथमिकताका विषयमा राखेका हुन् । ‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु,’ उनले भने । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ लक्षित हुने बताएका छन् । अर्थमन्त्री महतले प्रतिनिधिसभाको बजेट अधिवशेनको पहिलो दिन नै प्रि-बजेट छलफलको प्रस्ताव राखेका हुन् । संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राखेका हुन् ।