नेपालले टस हारेर ब्याटिङ गर्ने, एसीसी प्रिमियर कप
रासंसा/काठमाण्डौ, बैशाख १६,
मुलुकमा एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कुवेतका कप्तान मोहम्मद आस्लामले टस जितेर फिल्डिङ रोजेका हुन्। मुख्य प्रशिक्षक मोन्टी देशाईले गुल्शन झाको स्थानमा आज करण केसीलाई प्लेइङ ११ मा स्थान दिएका छन्। नेपाली टिममा एक परिवर्तन भएको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईले गुल्शन झाको स्थानमा आज करण केसीलाई प्लेइङ ११ मा स्थान दिएका छन्। कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो। समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो। आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। नेपाली टिम : रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख।