श्रीमानको निधन भएको १४ वर्षपछि हेमन्तीदेवी आमा बनिन्
रासंसा/सप्तरी, बैशाख २,
मुलुकमा श्रीमानको निधन भएको १४ वर्षपछि एकल महिलाले बच्चा जन्माएकी छन् । सप्तरीको कंचनपुर् नगरपालिका–२ बरमझिया निवासी ३१ वर्षीया हेमन्तीदेवीले शुक्रबार स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा छोरा जन्माएकी हुन् । दुःखी पण्डितसँग ९ वैशाख २०६३ मा हेमन्तीदेवीको विवाह भएको थियो । हेमन्ती दुःखीको दोस्रो श्रीमती थिइन् । पहिलो श्रीमती सुदामाबाट विवाह गरेको २ वर्षसम्म पनि सन्तान नभएपछि सुदामाकै आग्रहमा दुःखीले हेमन्तीसँग दोस्रो विवाह गरेका थिए । हेमन्तीले छोरा जन्माएको चार महिनापछि दुःखीको मृत्यु भयो । ‘२०६५ सालमा बिरामी भएर श्रीमान् दुःखीको मृत्यु भएको थियो,’ जेठी श्रीमती सुदामाले भनिन् । डा. दिलिप साह र डा. जयन्तिकुमारी यादवले उनको पेटको शल्यक्रिया गरेर बच्चा निकालेका छन् । श्रीमानको मृत्यु भएको १४ वर्षपछि शुक्रबार हेमन्तीले बच्चा जन्माएपछि स्थानीय समाजमा हेमन्तीदेवी’ चियो चर्चा सुरु भएको छ । हेमन्ती गर्भवती भएको थाहा हुनेबित्तिकै उनीमाथि जरबजस्ती करणी भएको तथ्य खुलेको थियो । आफूलाई छिमेकी बेचन पण्डितले जबर्जस्ती करणी गरेर गर्भवती बनाएको हेमन्तीले बताएकी छन् । हेमन्तदेवीलाई जर्बजस्ती गरेका बेचन पण्डितले पञ्चायतको निर्णय आफूलाई स्वीकार छ भन्दै आएका थिए । भोलिपल्ट बिहानै गाउँबाट भागेका पण्डित फरार छन् हेमन्तीकी सौता सुदामाले पनि आफू घरमा नभएको मौकामा छिमेकी ५५ वर्षीय बेचनले हेमन्तीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको बताएकी थिइन् । हेमन्ती गर्भवती भएपछि वडाअध्यक्ष मेहदी हसन, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको पञ्चायत बस्यो । पञ्चायतमा बेचनले आफूले गर्भवती बनाएको स्वीकार्दै पञ्चायतको निर्णय आपूलाई स्वीकार्य हुने बताएको तत्कालीन बरमझिया गाविसका पूर्वप्रधानपञ्च छेदीलाल पण्डितको भनाइ छ । ‘पीडक बेचनले छलफलमा हुने निर्णय आफूलाई स्वीकार्य हुने बताएर निस्केका थिए पनि भोलिपल्टै बिहानै फरार भए,’ छेदीलालले भने । पीडित महिलाका तर्फबाट इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बेचनविरुद्ध जरबजस्ती करणीको मुद्दा चलाउन माग गर्दै जाहेरीसमेत परेको छ । प्रहरीले सो घटना’ को थप अनुसन्धानसँगै फरार रहेका बेचनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अर्काको खेतबारीमा मजदुरीले जीविकोपार्जन गर्दै आएकी सुत्केरी हेमन्तीमाथि अहिले झनै समस्या थपिएको छ । उनको जेठो छोरा कृष्ण गरिबीकै कारण घर छाडी विगत आठ वर्षदेखि मावलीमा बस्दै आएका छन् । अहिले बच्चा र आमा सकुशल रहे पनि पोषणयुक्त खानाको पूर्ण अभाव देखिएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको प्रसूति गृह वार्डको २ नम्बर बेडमा भर्ना रहेकी उनले आर्थिक सहयोग तथा न्यायका लागि पहल गरिदिन सबैसँग याचना गरेकी छन् ।