उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले पेश गर्दै
रासंसा/काठमाण्डौ, चैत्र ५,
मुलुकमा निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्न लागेको छ। शुक्रबार उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्न लागेका हुन्। शुक्रबार उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्न लागेका हुन्। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गर्न लागिएको हो। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन्। रामसहाय यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।