सरकारले ल्याउने विधेयक र विश्वासको मतमा १० दल एकमत रहने
रासंसा/काठमाण्डौ,चैत्र ४,
मुलुकमा सत्ता साझेदार दलबीच भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। शनिबार बालुवाटारमा सम्पन्न सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत रहेका छन् । प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सत्ता बाँडफाँडको विषय टुङ्ग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देशको आन्तरिक राजनीति सेटल नहुँदा प्रधानमन्त्रीको भारत भ्रमणको मिति समेत टुंगो लाग्न सकेको छैन ।