प्रदेश नामाकरणविरुद्ध असन्तुष्टी जनाउँदै कोशी प्रदेश बन्द
रासंसा/सुनसरी, फाल्गुण २८,
मुलुकमा कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टी जनाउँदै विभिन्न राजनैतिक दल र जातीय संस्थाले आन्दोलन सुरु गरेका छन्। प्रदेश बन्द गराउँदै कार्यकर्ता सडकमा उत्रिएका कारण सुनसरी, मोरङ, झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ । जसपाका केन्द्रीय सदस्य भीम राइले प्रदेश १ को नाम जबरजस्ती कोशी प्रदेश राखेर पहिचानको आन्दोलनलाई बेवास्ता गरेकाले आन्दोलन गर्नु परेको बताए । जसपाका अर्का नेता सागर चेम्जोङ्ले आन्दोलनलाई बेवास्था गरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाका कार्यकर्ताहरु आइतबार बिहानैदेखि बजारबन्द र यातायातका साधन बन्द गराउँदै हिंडेका छन्। बन्दका कारण कोशी प्रदेशका तराईका तीनै जिल्लाको जनजीवन प्रभावित भएको छ । सडकमा सयौंको सख्यामा बन्दकर्ता आएका छन्। बन्दका कारण कोशी प्रदेशका मुख्य बजार धरान, इटहरी, बेलबारी, पथरी, उर्लाबारी, दमक, बिर्तामोड लगायतका बजार प्रभावित भएका छन्। जसपाका केन्द्रीय सदस्य भीम राइले प्रदेश १ को नाम जबरजस्ती कोशी प्रदेश राखेर पहिचानको आन्दोलनलाई बेवास्ता गरेकाले आन्दोलन गर्नु परेको बताए । जसपाका अर्का नेता सागर चेम्जोङ्ले आन्दोलनलाई बेवास्था गरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।