लोसपा, जनमत र नागरिक उन्मुक्तिले गरे कार्यगत एकताको घोषणा
रासंसा/काठमाण्डौ, फाल्गुण २७,
मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ। शनिबार महन्थ ठाकुर नेतृत्वको लोसपा, डा.सिके राउत नेतृत्वको जनमत र रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको हो। सहमति पत्रमा ३ वटै दलका अध्यक्षहरूले हस्ताक्षरसमेत गरेका छन्। शनिबार महन्थ ठाकुर नेतृत्वको लोसपा, डा.सिके राउत नेतृत्वको जनमत र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको हो। सहमति पत्रमा भनिएको छ,‘लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ।’ उनीहरुले जसपाविरुद्ध मोर्चाबन्दी गरेका हुन्। उपराष्ट्रपतिको उम्मेदवार तय गर्न शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो। जसपाले दुई जनाको उम्मेदवारी दर्ता गरेको छ। यस अगाडि नै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको थियो। शनिबार उपराष्ट्रपतिको मनोनयन दर्ता जनमतबाट ममता झाको उम्मेदवारी दर्ता भएको छ। जसको प्रस्तावक र समर्थकमा जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ।