पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति हाम्रो लागि चुनौती हो : प्रधानमन्त्री प्रचण्ड

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले गणतान्त्रिक मुलुकलाई अपमानित गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अपमानित गर्नेगरी पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको आरोप लगाए। ‘संविधानले नचिनेका धारा लागे अस्ती फागुन ७ गते। संविधानले कुनै राजा महाराजलाई ठाउँ दिएको छैन। तर गणतान्त्रात्मक संविधान भएको देशमा त्यस खालको अभिव्यक्ति आउनु हाम्रा लागि चुनौती पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने। उनले संविधानले राजा महाराजालाई कसैलाई ठाउँ नदिएको भन्दै पूर्वराजा शाहलाई स्मरण गराएका थिए। उनले लाखौं नेपालीको त्याग, तपस्या र संघर्षले प्राप्त गरेको उपलब्धिलाई अपमानित गरेको भन्तै त्यस्ता कदमविरुद्ध जागरुक हुनुपर्ने बताएका थिए। गत ७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले राजसंस्था र राजनीतिक दलहरू मिलेर जानुपर्ने बताएका थिए। उनले यो व्यवस्थाले नेपाली नागरिकहरू झन् आजित भएको भन्दै राजसंस्थासँग मिलेर जानुपर्ने बताएका थिए।

Like