पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने, मन्त्रीहरूले तलब बिना काम गर्नु, २०० अर्ब बचत हुनेछ

Share to:

एजेन्सी,

विश्वमा आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना मन्त्री र सल्लाहकारलाई तलब र अन्य सुविधा नलिन अपिल गरेका छन् । यसबाट देशको खजानामा वार्षिक दुई सय अर्ब बचत हुने उनले बताए । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने – मन्त्रीहरूले तलब बिना काम गर्नु, २०० अर्ब बचत हुनेछ । योसँगै उनले नेताहरूलाई विलासी कारमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । उनले सरकारको खर्च कम गर्ने उद्देश्यले मन्त्रीहरूलाई इकोनोमी क्लासमा हवाई यात्रा गर्न आग्रह गरेका छन् । पाकिस्तान सरकारले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रोकिएको सहायताको किस्ता प्राप्त गर्ने प्रयास गरिरहेको छ । एकातिर पाकिस्तानको विदेशी मुद्रा सञ्चित घटेको छ भने मुलुकको मुद्रास्फीति ३५ प्रतिशतभन्दा माथि पुगेको छ । आईएमएफसँगको वार्ता सकिएपछि उसले एक अर्ब डलरको प्याकेज पाउन सक्छ । यसैबीच सरकारले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन खर्च घटाउने प्रयास गरिरहेको छ ।

Like