चिकित्सकहरुको आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

Share to:

रासंसा/काठमाण्डौ, २९,

मुलुकमा स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ। डा. अधिकारीले चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको बताउँदै उक्त घटना र चिकित्सक संघले उठाएको विषयहरुलाई थप छलफल गरी समस्याको समाधानका लागि वार्ता समिति गठन गर्ने प्रयास भइरहेको जानकारी पनि दिएका छन्। शनिबार राति मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन्।

Like