स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखा अध्यक्षमा सुरेशप्रसाद सैंजू निर्वाचित

Share to:

रासंसा/भक्तपुर, माघ २५,

स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाको अध्यक्षमा सुरेशप्रसाद सैंजू निर्वाचित भएका छन् । संघको बुधबार भएको तेश्रो जिल्ला अधिवेशन तथा चौथो साधारण सभाबाट सैजूको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएका छन् । कार्यवाहक शाखा
अध्यक्ष कुमार लाघुको अनुपस्थितिले राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसीको सभापतित्व तथा राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के बि सम्राटको प्रमुख आतिथ्यतामा भएको हो ।

सभामा अतिथिको आशनमा संघको काठमाण्डौ जिल्ला सलाहकार एवं पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य माता भद्रकाली, शब्द यात्रा प्रकाशनका प्रतिनिधि चुडा प्रसाद चौलागाई, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपमहासचिव रत्न प्रजापति, काठमाडौंका अध्यक्ष पुष्करराज पाण्डे, ललितपुरका अध्यक्ष उपेश नौवाग, केद्रिय पार्षद् कृष्ण किसीको उपस्थिति थियो । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपमहासचिव रत्न प्रजापतिको एक सदस्यीय निर्वाचन समितिबाट संघको शाखा उपाध्यक्षमा रेणु त्वनाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोंजू निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सूर्यमान श्रेष्ठ, राजाराम नापित, सुनिल दुवाल र रामकृष्ण प्रजापति निर्वाचित भएका हुन् ।

अधिवेशनको सामुदघाटन राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले दीप प्रज्वलन गरि गर्नुभएको थियो । उदघाटन कार्यक्रममा संघका राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी, राष्ट्रिय उपमहासचिव रत्न प्रजापति, काठमाडौं शाखा अध्यक्ष पुष्करराज पाण्डे, ललितपुर शाखा अध्यक्ष उपेश नौवाग, राष्ट्रिय पार्षद् कृष्ण किसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्वाचित पदाधिकारीहरुलाई बुधबार नै पद तथा गोपनियताको शपथ ग्रहण प्रमुख अतिथि तथा राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के बि सम्राटबाट गराइएको थियो । नवनिर्वाचित अध्यक्ष सैजू जनसञ्चार एफएमका अध्यक्ष हुन् ।

उपाध्यक्ष त्वनाबासु अन्नपूर्णकर्मी, सचिव प्रजापति भक्तपुर न्यूज अपडेट अनलाइन, सहसचिव एवीसीडी खवर अनलाइनकर्मी र कोषाध्यक्ष फोंजू छाता पोष्ट अनलाइनका सम्पादक हुन् । नवनिर्वाचित जिल्ला पदाधिकारीहरुलाई प्रमुख अतिथि के. बि. सम्राटले बधाई तथा शुभकामना दिदैं स्वतन्त्रको समय आएको छ यसै समयमा भक्तपुर जिल्ला शाखाले नव जागरुक पत्रकारको नेतृत्व पाएको छ । हरसमय केन्द्रले शाखालाई आवश्यक सरसल्लाह, सुझाव एवं सक्षम जिल्लाहरुलाई पुरस्कारको व्यवस्थासमेत मिलाउदै जाने बताउनुभयो । आर्थिक संकलनको हकमा शाखाले पत्रकारिता, उद्घोषण, टेलिभिजन समाचार प्रस्तोता, कार्यक्रम बनाउने तालिम, योग जस्ता कार्यक्रम तय गरे हामि केन्द्रका वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, माहासचिव, उपमहासचिव, राष्ट्रिय पार्सद, राष्ट्रिय सलाहकार उपात्यका जिल्लामै रहेका हुनाले उपत्यकाका जिल्ला शाखालाई अझ सहज भएको बताउनुभयो । नवनिर्वाचित जिल्ला अध्यक्ष सुरेशप्रसाद सैजुले स्वतन्त्र शब्द नै काफि छ यसका लागि मैले स्वतन्त्र पत्रकार संघको बिधान बमोजिम रही भक्तपुर जिल्लालाई स्वतन्त्र पत्रकार संघको नमुना जिल्ला बनाउने प्रयास गर्ने बताउदै आज मलाइ स्वतन्त्र प्रत्रकार संघ नेपाल भक्तपुर शाखाको अध्यक्ष पदमा निर्वाचित गराउनु हुने सबैमा धन्यवाद दिंदै खुशी ब्यक्त गर्नुभयो । राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसीले नवनिर्वाचित जिल्ला शाखा अधक्ष सुरेशप्रसाद सैंजुलाइ शब्दचित्रमा म पुस्तक र सो पुस्तकको समिक्षिकरण पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

Like