एकताका लागि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच पहल
रासंसा/काठमाण्डौ, पौष २२,
मुलुकमा नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । “पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुको ’boutमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ ।” नेपालले भने । आफूहरु पार्टी निर्माण गर्ने, सुदृढिकरण गर्ने र विस्तार गर्ने राष्ट्रिय अभियानमा जुटेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले जनताका मुद्दा उठान गर्नेमा केन्द्रित हुने बताए । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिने सम्बन्धमा एकीकृत समाजवादी पार्टीको धारणा के हो भन्ने जिज्ञासामा उनले व्यक्तिगतरुपमा प्रधानमन्त्री ‘प्रचण्ड’प्रति सकारात्मक धारणा रहेको उल्लेख गर्दै विश्वासको मत दिने सन्दर्भमा सरकार कुन ढङ्गले अघि बढ्छ त्यो हेरेर टुङ्गो लगाउने बताए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेदेखि प्रारम्भ हुँदैछ । पुस २६ गते बस्ने बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वास मत लिने तय भएको छ ।