३०० वटा आइफोन किने, एप्पल स्टोरबाट निस्किए लगत्तै लुटिए
रोचक संसार,
विश्वमा न्युयोर्कका एकजना व्यक्तिले फिफ्त्थ एभेन्यूमा रहेको एप्पल फ्ल्यागशिप स्टोरबाट ३०० वटा आइफोन किने, तर स्टोरबाट निस्किएको केही बेरमा नै उनी लुटिएको बताइएको छ । एनवाईडीपीद्वारा जारी वक्तव्यका अनुसार नाम नखुलाइएका ती २७ वर्षे व्यक्ति फिफ्त्थ एभेन्यु एप्पल स्टोरका नियमित ग्राहक थिए । उनले सधैँ धेरै परिमाणमा आइफोन किन्ने गर्दथे र यसलाई पुनः बिक्री गर्ने गर्दथे । तर उनले ती फोन मध्य रातमा किनेका थिए, उनले किन यस्तो गरे भन्ने रहस्य खुलेको छैन । कुनै पनि कुरा अनलाइनमार्फत् अर्डर गरेर घरसम्मै मगाउने मिल्ने यो समयमा पनि यी व्यक्ति म्यानहटनको एप्पल स्टोरमा गएर एप्पलको ब्रान्डको केही झोला बोकेर निस्किए । तर निस्केर आफ्नो कारतिर जाँदै गर्दा उनी लुटिए । लुटेराले उनको १२५ वटा स्मार्टफोन लुटे जसको मूल्य करिब ९५,००० अमेरिकी डलर अर्थात् १ करोड २४ लाख रुपैयाँ जति पर्छ । प्रहरीका अनुसार तीनवटा झोलामा आइफोन बोकेर हिँडिरहेका बेला एकजना मानिसलाई उनलाई तानेर र नजिकै भएका अर्का दुईजनाले झोलामा भएको सामान सुम्पिन बताए । तर उनले अस्वीकार गरे, ती लुटेराले जबर्जस्ती झोला तान्न खोजे, उनीहरुबीच मुक्का मुक्की पनि भयो । एकजना लुटेराले उनको अनुहारमा मुक्का हाने र एउटा झोला लिएर जान सफल भए । फिफ्त्थ एभेन्यूमा रहेको एप्पल स्टोर सातै दिन चौबिसै घण्टा खुल्ला हुन्छ । त्यतिबेला ब्ल्याक फ्राइडे सेल भइरहेको थियो । अडिटी सेन्ट्रलका अनुसार उनको किनबेच गर्ने बानीका कारण लुटेराले केही समयदेखि उनलाई निगरानी गरिरहेको हुनसक्ने प्रहरीको भनाई छ । यो विषय अझै अनुसन्धानको क्रममा छ । यसबारे केही जानकारी भए प्रहरीले अग्रसर हुन आह्वान गरेको छ ।