फ्रान्स र इङ्ल्यान्डको भेट विश्वकपको क्वार्टरफाइलनमा निश्चित

Share to:

एजेन्सी,

विश्वकप अन्तर्गत अन्तिम १६ मा अफ्रिकी मुलुक सेनेगललाई ३–० गोलको नतिजामा पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट निश्चित गरेको छ। आइतबार राति अल बायट रंगशालामा भएको खेलको ३८ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। बुकायो साकाले ५७औं मिनेटमा गोल गर्दै इङ्ल्यान्डको ३–० को जित सुनिश्चित गरे। जितसँगै क्वार्टरफाइनलमा पुगेको इङ्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्नेछ। पहिलो हाफको इन्जुरी समयमा कप्ता ह्यारी केनले गरेको गोलसँगै इङ्ल्यान्डले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा २–० ले पछि परेको सेनेगलले दोस्रो हाफमा थप एक गोल खायो। साविक विजेता फ्रान्स अन्तिम १६ मा पोल्यान्डलाई ३–१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगिसकेको छ।

Like