कविशिरोमणि खिलशर्म-राजीवलोचन जोशी साहित्य पुरस्कार श्रीहरि फुयाललाई

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

कविशिरोमणि खिलाशर्म-राजीवलोचन जोशी साहित्य पुरस्कार श्रीहरि फुयाललाई प्रदान गरिएको छ । खिलाशर्म-राजीवलोचन स्मारक प्रतिष्ठानले कविशिरोमणि राजीवलोचन जोशीको ९४ औं स्मृति दिवसको पावन अवसरमा राजधानीको वृहस्पति विद्यासदनमा एक कार्यक्रमका साथ् सो पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तमराज जोशीको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, साहित्यकारहरुलगायातका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबै तहपदिय व्यक्ति व्यक्तित्वहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गर्दै प्रतिष्ठानका सदस्य पुस्कर लोहनीले प्रतिष्ठानको विषय र खिलशर्मा-राजीवलोचन जोशीको अन्तरसम्बन्ध प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा प्रा. दिनेशराज पन्तले कार्यक्रम र प्रतिष्ठान विषयमा प्रकाश पार्दै खिल-शर्म-राजीवलोचन जोशीलाइ सम्झना गर्नुभयो । प्रतिष्ठानकी सदस्य प्रा.डा. इन्दिरा जोशीले प्रतिष्ठानले गर्दै आएको बताउदै २ वर्ष हामीलाई कोरोना भाइरसले कार्यक्रम सम्पन्न गर्न सकिएको थिएन, आज प्रतिष्ठानले आयोजना गरि साहित्यकार श्रीहरि फुयाललाई पुरस्कार प्रदान गर्न पाउदा प्रतिष्ठान गौरवित भएको बताउनुभयो । पुरस्कृत साहित्यकार श्रीहरि फुयालले आफु पुरस्कृतसाथै सम्मान पाएकोमा खुशी ब्यक्त गर्दै म पुरस्कृतसाथ सम्मान पाउदा म मेरी आमालाई सम्झन चाहे कि माता पिताले मनभित्रैबाट आशिर्वाद तथा धन्यवाद शुभकामना दिने रहेछन र माता पिता भनेका पहिला भगवानको संज्ञा दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव राजाराम जोशीले कोषाध्यक्ष भगवती जोशीको अनुपस्थितिमा प्रतिष्ठानको आय व्यय प्रतिबेदन प्रस्तुत गर्दै खिल-शर्म राजीवलोचन जोशी बारेमा साहित्य सम्बन्धि जोड्दै सम्झना गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले जोशीहरु ज्योतिषीहरु हुन् उनीहरुले ज्योतिषमा कुनै फरक नपार्ने गरि बताएको कुरा अवगत गराउंदै बिपी कोइराला र राजा महेन्द्रको कुरा २०१७ सालको पंचायत ल्याएको स्मरण गराउंदै खिलशर्म-राजिवलोचन जोशी समारक प्रतिष्ठानले गरेको यो गरिमामय कार्यलाई प्रोत्साहित गर्दै अझ अगाडी बढ्न शुभकामना दिनुभयो । कार्यक्रमका सभापति प्रतिष्ठानका अध्यक्ष पुरुषोतमराज जोशीले उपाषित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो ।

Like