एमालेले गुमायो कर्णालीमा प्रतिनिधिसभाका सबै सिट

Share to:

रासंसा/सुर्खेत, मार्ग ११,

मुलुकमा नेकपा एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ ५ सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो। कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार पराजित भएका छन्। कर्णालीमा कांग्रेसले लाभ लिएको छ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ एउटा पनि सिट जितेको थिएन। अघिल्लो निर्वाचनमा शून्य बनेको कांग्रेसले यसपालि भने गठबन्धनको बलमा प्रतिनिधिसभातर्फ चार सिट जितेको छ। कांग्रेसले सुर्खेतका दुई, दैलेखमा एक र मुगुमा एक गरी चार सिट जितेको हो। कांग्रेसको तर्फबाट सुर्खेत क्षेत्र नं १ मा उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नं २ बा हृदयराम थानी विजयी भएका छन्। यस्तै, दैलेखको क्षेत्र नं २ बाट दिक्पाल शाही र मुगुबाट ऐनबहादुर शाही विजयी भएहुन्। यसअघि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ कर्णालीका १२ मध्ये ६ सिट जितेको थियो। त्यसबेला एमाले र माओवादीबीच गठबन्धन थियो। वामगठबन्धनको बलमा त्यतिबेला एमालेले सुर्खेत र दैलेखका दुई÷दुई, डोल्पा र मुगुमा एक÷एक गरी ६ सिट जितेको थियो। अघिल्लो पटक वामगठबन्धनबाट लाभ लिएको एमाले यसपालि भने सत्ताा गठबन्धनसँग पराजित हुन पुगेको छ। यस्तै, कर्णालीलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको माओवादी केन्द्रले कांग्रेसकै बराबर चारवटा सिट जितेको छ। २०७४ मा एमालेसँगको गठबन्धनका कारण कर्णालीमा माओवादीले जुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान र जाजरकोटमा गरी पाँच सिट जितेको थियो। तर, यसपालि माओवादीले अघिल्लो पटकभन्दा एक सिट कम जितेको हो। अर्थात् माओवादीले चार सिटमै चित्ता बुझाएको छ। समाजवादीको तर्फबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेखको क्षेत्र नं १ मा अम्मरबहादुर थापा विजयी भएका छन्। गठबन्धनमा भागबण्डा हुँदा पाएकामध्ये कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवार सबै ठाउँमा विजयी भए। तर, माओवादीले भने जुम्लामा सिट गुमाएको हो। जुम्लामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ गोमा गौतम राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीसँग पराजित भइन्। कर्णालीमा प्रतिनिधिसभातर्फ राप्रपाले एक सिट हात पारेको छ। कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ माओवादीबाट रुकुमपश्चिमा जनार्दन शर्मा, जाजरकोटमा शत्तिाmबहादुर बस्नेत, कालीकोटमा महेन्द्रबहादुर शाही र हुम्लामा छिरिङ डम्डुल लामाले जितेका छन्। यस्तै, गठबन्धनकै बलमा एकीकृत समाजवादीले यसपटक कर्णालीमा प्रतिनिधिसभाका तीन सिट जितेको छ। गठबन्धनसँगको भागबण्डामा तीन सिटमा समाजवादीका उम्मेदवार चुनाव लडेका थिए। उसले उम्मेदवारी दिएका तीनवटै सिट जितेको छ।

Like