किनारातिर सिटौला छैटौं पटक संसद्‍मा पौडेल

Share to:

रासंसा/तनहुँ, मार्ग ९,

मुलुकमा कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । यो उनको छैटौं संसदीय यात्रा हो । पौडेलले एमालेका एकबहादुर रानालाई ५ हजार ३ सय ७५ मतान्तरले पराजित गरेका हुन् । पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गरेका छन् भने रानाले १९ हजार ९४३ मत पाए । पौडेलकै पूर्वसहकर्मी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याए । निर्वाचित भएपछि पौडेलले आफुले पाएको मत लोकतन्त्र र देशमा आएको परिवर्तनलाई जोगाउने पक्षमा रहेको बताएका छन् । उनले भने, ‘नेपाली जनताले लोकतन्त्रको भविष्य सुनिश्चित गरेका छन्, अब हामीले यत्तिमै सन्तोष नमानी जनतालाई विश्वासमा लिएर सुशासन र विकास दिनुपर्छ ।’ निर्वाचित भएपछि पौडेलले आफुले पाएको मत लोकतन्त्र र देशमा आएको परिवर्तनलाई जोगाउने पक्षमा रहेको बताएका छन् । उनले भने, ‘नेपाली जनताले लोकतन्त्रको भविष्य सुनिश्चित गरेका छन्, अब हामीले यत्तिमै सन्तोष नमानी जनतालाई विश्वासमा लिएर सुशासन र विकास दिनुपर्छ ।’ पौडेल प्रतिनिधिसभा सदस्यमा सातपटक उम्मेदवार भए पनि जित छैटौं हो । पहिलोपटक ०४८ को निर्वाचनमा उनी तनहुँ–१ बाट निर्वाचित भएका थिए । ०५१, ०५६, ०६४, ०७० को निर्वाचनमा पनि तनहुँ–२ बाट विजयी भए । पाँचवटा निर्वाचन लगातार जित्दै आएका पौडेलको छैटौंपटक भने जितमा ब्रेक लाग्यो । ०७४ को निर्वाचनमा भने तनहुँ–१ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भए । उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि र सञ्चारमन्त्री भइसकेका पौडेलले सभामुखको जिम्मेवारीसमेत निभाइसकेका छन् । लिङ्देनले रोके सिटौलालाई कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै जब–जब संकट पैदा हुन्छ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला निर्णायक भूमिकामा देखा पर्छन् । चाहे त्यो सात दल र माओवादीबीचको १२ बुँदे शान्ति सम्झौता गर्दा होस् वा गणतान्त्रिक नेपालको संविधान जारी गर्ने सन्दर्भमा । सिटौलाले निर्णायक र संकटको समाधान गर्ने भूमिका निभाएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाटै पार्टीमा युवालाई मौका दिने घोषणा गरेका सिटौलाको संसदीय राजनीतिमा समेत अब करिब–करिब पूर्णविराम लागेको छ । आफ्नो संसदीय राजनीतिक जीवनमा उपनिर्वाचनसमेत गरी आठ वटा चुनाव लडेका उनको यसपटक पाँचौं पराजय हो । उनले नवौंपटक मैदानमा उत्रिने इच्छा नराख्लान् भन्न सकिन्न । तर अहिले नै पार्टीमा युवालाई अघि बढाउने घोषणा गरिसकेका सिटौलालाई अब पाँच वर्षपछि उमेर र मतदाताको मनस्थिति दुवै अनुकूल हुने देखिन्न । पछिल्लो समय सत्ता गठबन्धन दलबीच मध्यस्थकर्ता बनेका सिटौलाले गठबन्धन दलभित्र विश्वास बढाउन मात्रै होइन, सिट बाँडफाँट र सत्ता साझेदारीका थुप्रै विषयमा नेतृत्व गरे । तर, सत्ता र संसदीय राजनीतिका चतुर खेलाडी सिटौला आगामी संसद्मा हुने छैनन् । पार्टी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सहयोगीका रूपमा प्रस्तुत भएका सिटौला यसपटक सत्ता गठबन्धनको बलमा सरकार र संसद्मा प्रभावकारी ठाउँ लिने दाउमा थिए तर उनको त्यो सपना अपूरो बनेको छ । उनले गत निर्वाचनभन्दा बढी मत पाए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध यसपटक पनि जित निकाल्न सकेनन् । राप्रपाका अध्यक्ष लिङ्देन राजसंस्थाका पक्षधर हुन् भने सिटौला अहिलेको संवैधानिक व्यवस्थाका हिमायती । लिङ्देन हिन्दु राज्यको वकालत गर्छन् तर सिटौला वर्तमान संविधानको धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थाका पक्षधर हुन् । संविधानसभामा मस्यौदा समितिको संयोजक भएर भूमिका निर्वाह गरेका सिटौलालाई एक थरीले संविधानमा ‘धर्मनिरपेक्षता, संघीयता र समानुपातिक’ व्यवस्था ल्याउन भूमिका खेल्ने नेताका रूपमा जससमेत दिन्छन् । लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका छन् । सिटौलाले ३७ हजार ३ सय ८६ मत ल्याउँदा लिङ्देनले ४० हजार ६ सय ६२ मत ल्याएर जित हासिल गरेका हुन् । पुराना प्रतिस्पर्धी लिङ्देन–सिटौलाको यो चौथो भिडन्त थियो । पछिल्लो पटक सिटौलाले ०७० मा लिङ्देनलाई पराजित गरे भने ०७४ र यसपटक लिङ्देनले सिटौलालाई पछि पारे । उनीहरू जसरी चुनावमा प्रतिस्पर्धी बनेका छन्, उनीहरूबीच वैचारिक र सैद्धान्तिक मतभेद पनि उसैगरी ठीक विपरीत छन् । २००६ सालमा तेह्रथुमको आठराईमा जन्मिएका सिटौला ०३३ सालदेखि संगठित रूपमा कांग्रेसमा लागेका थिए । ०४३ मा उनी झापा जिल्ला उपसभापति भए । ०४६ सालमा झापामा जनआन्दोलनको नेतृत्व गरेका सिटौला बहुदलपछि कांग्रेसको जिल्ला सभापति भए । ०५६ मा पार्टीको केन्द्रीय समन्वय विभाग प्रमुख भएका उनी १० औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी त्यसबेला कृष्णप्रसाद भट्टराईसँग नजिक थिए । पछि गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बने र पार्टीको महामन्त्रीको जिम्मेवारी पाए । त्यही बेला उनले उद्योगमन्त्री हुँदै ०६३ सालमा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्रीसम्मको जिम्मेवारी पाए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधान, रक्षा, कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री बन्ने अवसर पनि सिटौलाले पाए । यसपटकको निर्वाचनसम्म पनि सिटौलाले पार्टीभित्र आफूनिकटहरूलाई भागबन्डामा अवसर दिलाएका छन् । उनीनिकट रहेकै कारण यसपटक पनि प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं र भीमसेनदास प्रधानले टिकट पाए । पौडेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य जितिसकेका छन् । १३ औं महाधिवेशनबाट सानो गुटमा खुम्चिएका सिटौला १४ औं महाधिवेशनपछि झन् खुम्चिए, यसपटकको पराजयले कांग्रेसको राजनीतिमा उनी थप किनारा लाग्ने देखिएको छ गिरिजाको विश्वासपात्र भए पनि उनको शेखपछि सिटौला पार्टीभित्र तेस्रो धारका रूपमा उभिए । १३ औं महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदवार बने । १४ औं महाधिवेशनसम्म आइपुग्दा भने उनी पार्टी राजनीतिबाट विश्राम लिने अवस्थामा पुगे । महाधिवेशनको मुखैमा सभापति देउवासँग सहमति गरेका सिटौलाले आफूले छोडेर आफूनिकट प्रदीप पौडेललाई देउवाको प्यानलबाट महामन्त्री उम्मेदवार बनाए । तर, पौडेलले पनि जित निकाल्न सकेनन् ।

Like