पुटिनले गरे जनतालाई खेरसान छाड्न आग्रह, युक्रेनको खेरसनमा कर्फ्यू
एजेन्सी,
युक्रेनको खेरसनमा शुक्रबार अबेर राति कर्फ्यू घोषणा गरिएको छ। रुसी-नियुक्त खेरसन गभर्नर स्ट्रेमोसोभले खेरसनको अवस्था बिग्रँदै गएको बताए। रुसले युक्रेनको खेरसन प्रान्तलाई आफ्नो क्षेत्राधिकारमा रहेको दाबी गरेको छ । पुटिनले नागरिकहरूलाई युक्रेनी कब्जामा भएको खेरसनबाट हट्न आग्रह गरेका छन्। उनले खेरसनमा अहिलेसम्मकै सबैभन्दा खतरनाक कारबाही गरिने बताएका छन् । पुटिनले खेरसन रुसको अधिकारक्षेत्रमा रहेको दोहोर्याए। रुस ब्ल्याक सीको बन्दरगाह कब्जा गर्न चाहन्छ। यी बन्दरगाहहरू रणनीतिक रूपमा महत्त्वपूर्ण छन् नै साथै भूमध्यसागरलाई जोड्ने व्यापारिक मार्ग पनि यहाँबाटै जान्छ। व्यापारको लागि पनि खेरसनमा नियन्त्रण गर्नु आवश्यक छ। खेरसन एक प्रमुख बन्दरगाह हो जुन ब्ल्याक सीको छेउमा छ। यो रुसी सीमानाबाट धेरै नजिक छ। सन् २०१४ मा क्रिमिया कब्जामा लिएपछिबाट यसको भौगोलिक स्थान रुसका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको छ। खेरसन ठूलो जहाज निर्माता हो। त्यहाँ व्यापारी जहाज, ट्याङ्कर, कन्टेनर जहाज, आइसब्रेकर आर्किट आपूर्ति जहाज बनाइन्छ। यस भागलाई रूसमा समावेश गरे रुसले आफ्नो समुद्री शक्ति बढाउन सक्छ। यस भागलाई रूसमा समावेश गरे रूसले मस्कोलाई डोनेट्स्कसँग डोनबास र क्रिमियालाई लुहान्स्कसँग जोड्ने पुल निर्माण गर्न सक्छ।