२ करोड ३६ लाख मतपत्र छपाइ भएको निर्वाचन आयोगको भनाई
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा निर्वाचन आयोगले हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ गरेको छ। कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ। निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ। यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ। साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ।
Like