बेलारुस, रुस र युक्रेनका मानवअधिकारकर्मीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार
एजेन्सी,
विश्वमा यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानवअधिकारकर्मीले पाउने भएका छन्। पुरस्कार पाउनेहरुले आफ्नो देशको नागरिक समाजको प्रतिनिधित्व गर्नेछन्। नोबेल समितिले बेलारुसको मानवअधिकारकर्मी एलेस बियालियात्स्की,रुसी मानवअधिकार संगठन मेमेरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिवर्टीलाई २०२२ नोबेल पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। उनीहरुले सत्ताको आलोचना र नागरिकहरुको रक्षा गर्न लामो समयदेखि काम गर्दै आएका छन्।
Like