प्रचण्डको उद्घोष, निर्वाचनपछि सडक आन्दोलनमा जान्छाैं
रासंसा/काठमाण्डौ, भाद्र २०,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि अहिलेको प्रणाली फेर्न आफ्नो पार्टी सडक आन्दोलनमा जाने दाबी गरेका छन् । ‘हेरिरहनुहोला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासनप्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ,’ प्रचण्डले भने, ‘त्यो हामीबाहेक अरूले सक्दैनन् । अरूले गर्ने आन्दोलन त प्रतिगमन हो ।’ माक्र्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको शासनप्रणाली र चुनाव प्रणाली फेर्न सडक आन्दोलनमा जानुको विकल्प नभएको बताए । सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलले गैरराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोत साधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको टिप्पणी गरे ।
हालै संसदीय समितिमा चोलेन्द्रशमशेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूहरूले नै गरेको प्रचण्डले बताए । सोही कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तीन÷चार वर्षभित्र उथलपुथल हुन्छ भने पनि त्यो उथलपुथल एक वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने दाबी प्रचण्डले गरे । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले मदन भण्डारी र माओवादी केन्द्रले जनयुद्धको जडता छोड्नुपर्ने बताए । एमालेमा मदन भण्डारीका नाममा ठूलो जडता रहेको टिप्पणी गर्दै प्रचण्ड सहभागी कार्यक्रममा उनकै अघि भुसालले माओवादीले समेत जनयुद्धको धङधङी छोड्नुपर्ने बताए । ‘राजनीतिक दलमा गैरराजनीतिक चरित्र हावी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदै छैन । जनता, राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधको भावना नै छैन्’ नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पणभाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरण’bout आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’ ‘क्रान्ति’ भनेको मान्छेको जीवन बदल्ने कुरा भएको बताउँदै भुसालले भने, ‘भावनाले मात्रै क्रान्ति हँुदैन, क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा हो ।’ ‘नेकपा एमाले भनिएकोमा पनि ठूलो जडता छ । मदन भण्डारीले सबै गरिसक्नुभयो हामीले केही गर्नुपर्दैन भन्ने जडता छ,’ भुसालले भने । भुसालले भण्डारीलाई सुद बनाउने प्रयास भएको भन्दै अगाडि भने, ‘मदन भण्डारीलाई हामीले विकास गर्न छाडिसकेका छौं । मदन भण्डारीलाई सुद बनाउने अनि कुद खाएर बस्ने, विचार, सिद्धान्तको केही कुरा छैन ।’ नेपालमा माक्र्सवाद र समाजवादको विकास गर्न तत्कालीन नेकपा विभाजन नभएको भए फड्को मार्न सकिने अवस्था रहेको टिप्पणी भुसालले गरे । ‘अस्ति हामीले पार्टी एकता ग¥यौं तर केपी ओली र प्रचण्डको झगडा परेछ अनि पार्टी विभाजन भएछ र फेरि अर्को कोर्समा लागेछ, कुरा यति मात्रै छैन । नेपालको माक्र्सवाद र समाजवादको इतिहासको कुरा गर्ने हो भने त्यो पार्टी एकताले एउटा असाधारण बाटो खोलेको थियो,’ भुसालले भने । ‘भावना र कल्पनामा मात्रै बहकिने कुरा होइन’ भुसालले माक्र्सको उदाहरण दिँदै भने, ‘भावना हुन्छ क्रान्तिमा, भावना हुन्छ जीवनमा तर स्वयं त्यो भावनाले जीवनलाई हेर्छ हेर्दैन ? भन्न सकिएन भने क्रान्ति कविता र अभिलाषा मात्रै हुन्छ ।’ तत्कालीन नेकपा नफुटेको भए १०÷१२ वर्षमा सामाजिक, आर्थिक र सामाजिक फड्को मार्न सकिने भए पनि त्यसमा सामेल पात्रहरूका कारण समाजवाद अझ परपर गएको उनले बताए । यसैबीच आइतबार एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी गर्ने घोषणापत्रमा समावेश गर्नुपर्ने सुझाव दिन आग्रह गरेको छ । पार्टीका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनले आ–आफ्नो सुझावसमेत दिइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपंक्तिलाई १५ भदौसम्ममा सुझाव दिन आग्रह गरेको हो । एमालेले पार्टी कमिटीबाहिर रहेका शुभेच्छुकहरू र आमसर्वसधारणसँग समेत सुझावको अपेक्षा गरेको छ । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।