स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष र सचिवहरुको दुईदिने राष्ट्रिय भेलाको तयारि पुरा

Share to:

रासंसा/कास्की, श्रावण ६,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला र अध्यक्ष सचिवहरुको दुईदिने राष्ट्रिय भेलाको तयारि भएको स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवरले हामीलाई जानकारी दिनुभएको छ । भेला पोखरा ११ काहुँंकोटमा हुँदै छ । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका छन । काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव रत्न काजि प्रजापति र कोषाध्यक्ष बद्रि बहादुर दुलालको आगमन भैसकेको पनि उहाले जानकारी दिनुभयो । यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुस्कर राज पाण्डेकासाथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद प्रो. कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्लाका अध्यक्ष बिष्णु बहादुर खड्काको आगमन भइसकेको पनि उहाले बताउनुभयो । भेलाका लागि राष्ट्रिय पदाधिकारीहरु संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, उपाध्यक्ष द्वय बिरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव द्वय सुरेश श्रेष्ठ, रत्न काजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको आगमन भएको उहाले बताउनु भयो । भेला आज ७ बजेदेखि हुने र भोलि टुंग्याउने उहाले बताउनुभयो । काहुँकोटका होम स्टेका संचालकहरुले आइपुगेका स्वतन्त्र पत्रकार संघ नेपालका पदाधिकारीहरुलाई भब्य स्वागत गरेका थिए ।

Like