स्वतन्त्र पत्रकार संघ नेपालको उपत्यका जिल्ला बैठक सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३२,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल उपत्यका जिल्ला शाखा र छिमेकी जिल्लाका शाखा अध्यक्ष एवं सचिवहरुको बैठक सम्पन्न भएको छ । बैठक स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको अध्यक्षतामा एवं राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद तथा राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसि र राष्ट्रिय कोषाध्यक्ष बद्रि बहादुर दुलालको विशेष उपस्थितिमा बसेको सो बैठकले आगामी हुन गइरहेको स्वतन्त्रका जिल्ला शाखा अध्यक्ष र सचिव स्तरिय भेलामा उपत्यकाका र छिमेकी जिल्ला शाखा अध्यक्ष र सचिव अनिवार्य उपस्थिति हुने निर्णयसंगै पोखरा जस्न आउन र भेलामा अनुशासित र मर्यादाका लागि संयोजन गर्न काठमाण्डौ शाखा अध्यक्ष पुष्कर राज पाण्डेको संयोजक तोकिएको निर्णय गरिएको छ । यस्तै उपत्यका शाखाका लागि पनि पुष्कर राज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्नेमा हाल तीन सदस्यीय समिती गठनमा संयोजक पुष्कर राज पाण्डे, सह संयोजक ललितपुर जिल्ला अध्यक्ष उपेश नौबाग र सचिवमा भक्तपुर जिल्ला सल्लाहकार एवं राष्ट्रिय पार्सद कृष्ण किसि छन । अरु सदस्यहरु तिनै जिल्लाको सिफारिसमा गठन हुने निर्णय गरिएको राष्ट्रिय महासचिव महेश विक्रम कुन्वरले बताउनुभयो ।

Like