जापानका पूर्वप्रधानमन्त्री आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २४,

मुलुकमा सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याको विरोधमा भर्त्सना गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको गोली प्रहार गरी हत्या भएको घटनाको निन्दा गर्दै भर्त्सना गरेको हो। आबेको सम्मानमा सरकारले भोलि (असार २५ गते) राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ। ‘मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवाजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्ति गर्दछ,’ निर्णयमा भनिएको छ।

Like