अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

सार्वजनिक सवारी सधानको भाडा बढ्यो

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ६,

मुलुकमा पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो ।सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी सधानमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७.७ प्रतिशत भडावृद्धि भएको हो ।

Like