संसदीय समितिले सरकारसँग माग्यो एसपीपीका दस्तावेजहरू
रासंसा/काठमाण्डौ, आषाढ ३,
मुलुकमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सबै दस्तावेजहरु माग गरेको छ। शुक्रबार बिहान परराष्ट्र सम्बन्ध समितिले एसपीपीबारे छलफल कार्यक्रममा राखेको थियो। छलफल पछि समितिकी सभापति पवित्रा निरौला खरेलले सरकारसँग भएका सबै कागजात समितिलाई उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिएकी हुन्। छलफलमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायत उपस्थित थिए। सभापति निरौलाले परराष्ट्र नीति विपरीत सैन्य र सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएकी थिईन्। समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बैठकमा बोलाएको छ।