क्तदाता दिवसमा गौरका नगर प्रमुख शम्भु साहले गरे रक्तदान

Share to:

रासंसा/रौतहट

मुलुकमा रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले रक्तदान गरेर रक्तदाता दिवस कार्यक्रमको उद्घाटन गरेका छन्। रक्तदान जीवनदान मुख्य नारासहित अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा सदरमुकाम गौरमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख साहले रक्तदान गरेका हुन्। रक्तदान गर्दै नगर प्रमुख साहले राजनीति पनि समाजसेवा भएको तर रक्तदान भन्नु नै जीवन दान भएकोले रगतको अभावमा कोही पनि समस्या पर्नु हुँदैन भनेर बताएका छन्। जिल्ला अस्पताल गौरमा भएको कार्यक्रममा नगर प्रमुख साहले भाषण गरेर मात्र सेवा सम्भव नभएकोले सबैले मिलेर आफ्नो आदर्शलाई व्यवहारमा उतार्नु ठूलो कुरो भएको बताएका छन्। रक्तदान कार्यक्रमको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गरेको थियो।

Like