राज्यमन्त्री ओली प्रहरी नियन्त्रणमा, राजीनामा माग्दै स्थानियको प्रर्दशन

Share to:

रासंसा/दाङ, ज्येष्ठ ३१,

मुलुकमा लुम्बिनी प्रदेश स्वास्थ्य जनासंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला खत्री वलीले दाङको तुलसीपुरमा घरमै बसेकी एक महिला माथि कुटपिट गरेकी छन् । अंगरक्षक सहित बिहान साढे आठ बजे लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा झण्डा हल्लाउँदै गएकी मन्त्री ओलीले घरभित्र प्रवेश गरेर २७ बर्षकी मिना बस्नेत र उनकी ५ बर्षकी नाबालिका छोरी एन्जीला बस्नेतलाई कुटपिट गरेको स्थानीय यमकला भण्डारीले जानकारी दिइन् । पडित महिला मन्त्री ओलीको प्रेमि एकराज बस्नेतको श्रीमति हुन् । मन्त्री ओलीले ‘मेरो एकराज खोई ?’ भन्दै कुटपिट गरेकी थिइन् । मेरो एकराज खै छिटो देखा भन्दै मिनामाथि जाइलागेकी बिमलाले ५ बर्षिया छोरीलाई समेत छाडिनन् र कुटपिट गरिन् । एकराजलाई केहि पैसा र लत्ता कपडा किनिदिएकाले कपडा लैजान्छु भन्दै दराज समेत तोडफोड गरेको पिडितले बताइन् । मिनाको टाउको, शरिरका विभिन्न भागमा भित्री चोट छ भने कपडा समेत च्यातिएको छ । एन्जिलाको ओठ काटिएको छ । एकराज १५ दिनदेखि सम्पर्कमा नभएको बुझिएको छ । एकराज बस्नेत माओवादी कार्यकर्ता हुन् । झण्डै एकबर्ष अघि बस्नेतले ओलीलाई चुम्बन गरेको फोटो सामाजिक संजालमा भाइरल भएको थियो । ‘बिहान सरररर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौ । गाडी पनि तुरुन्दै घुमायो । एकछिनपछि चिच्याएको सुनियो । एन्जल रुदैं मामुलाई मारे भन्दै हात समातेर तान्न आइन । म झट्पट् भित्र गएँ । एकराजको र मेरो विहे भइसकेको छ । सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु । भन्दै धकलाधकेल गर्दै थिए । म डरले बस्न सकिन निस्की हाले,’ मिनाको घरसंगै किराना पसल गरेर बस्ने १७ बर्षकी किशोरी रचना बुढाथोकीले भनिन,’ ‘पछि मिनाको जेठाजु, ससुरा र अन्य मान्छेहरु आए । प्रहरी पनि आयो पछि लगेर गायो ।’ कुटपिट गर्ने मन्त्री ओलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । सुरक्षाको कारण देखाउँदै प्रहरीले तुलसीपुरबाट घोराही लगेको हो । मन्त्री ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले नेतृत्वमा कडा सुराक्षकाबीच जिल्ला प्रहरी कार्यालय घोराहीमा लगिएको हो । ओलीलाई बाहिर निकाल्ने क्रमममा प्रहरी र स्थानीयबीच केहिबेर धकलाधकेल समेत भएको थियो । मन्त्री चढ्ने गाडीलाई भने ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । अनुसन्धनमा जुटेको प्रहरीले घटना फरक भएको आसंका गरेको छ । ‘सोधपुछको प्रयास भइरहेको छ । उहाँ त्यति बोल्न मान्नुभएको छैन । बहालवाला मन्त्री भएकाले पनि अलि कठिनाई भइरहेको छ । केस अर्कै जस्तो छ । अहिले नै ठ्याक्कै यहि हो भन्ने अवस्था छैन बुझ्दै छौं हजुर ।’ एसपी काफ्लेले भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । छोड्ने या नियन्त्रणमा राख्ने विषयमा कुरा गर्दा माथिको आदेश अनुसार गर्ने एसपी काफ्लेले बताए । राज्यमन्त्री ओलीलाई कडा कारबाही र राजीनामाको माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमा नाराबाजी गरेका थिए । नीति निर्माण तहमा बसेकी ओलीले सत्ता र शक्तिको आडमा मात्तिएर घरमा बसीरहेका निर्दोस महिला र बालिका माथि आक्रमण गर्नु निन्दनिय कार्य भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र राजीनामाको माग गर्दै आक्रोसित स्थानीयले नाराबाजा गरेका थिए । यसैबिच राज्यमन्त्री ओलीका बिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दुव्र्यवहार तथा सार्वजनिक शिर्षकमा जाहेरी परेको छ । पिडित महिलाले आफुलाई कुटपिट गर्दै दुव्र्यवहार गरेको उजुरी दिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री ओली स्वर्गीय उत्तर कुमार ओलीकी श्रीमति हुन् । दाङ क्षेत्र नं ३ (ख) मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित उत्तर कुमार ओलीको सवारी दुर्घटनामा परी फागुन १० गते निधन भएको थियो । उत्तरको निधनपछि रिक्त रहेको पदमा एमालेले बिमला ओलीलाई उठाइएको थियो । एमालेबाट जितेकी ओलीले एमाले छोडेर माओवादीमा प्रवेश गरेपछि मन्त्री पद पाएकी थिइन् ।

Like