रोचक प्रसंग चोरलाई उन्मुक्ति महाजनलाई दुई वर्ष जेल
रोचक प्रसंग
जब पुलिसको हातमा चोर पुग्छ त्यसपछि जरुर उसलाई दण्ड हुन्छ । तर अचम्म के भएको छ भने चोरलाई पुलिसले छाडि दियो । चोर समाउन सहयोग गर्ने महाजनलाई उल्टै दुई वर्षको जेल सजाय तोकियो । तपाईले अनुमान लगाउनु भयो होला चोर र पुलिसको गोप्य साँठगाँठ छ । होईन, बिल्कुल हुँदै होइन । पुलिस र चोरको बीचमा कुनैपनि किसिमको साँठगाँठ छैन । अब यथार्थ घटनातिर लागौं । यो घटना जापानका एक महाजनको घरमा भएको घटना हो । रातको समय महाजन मस्त सुतिरहेको थियो । त्यतिनै बेला चोर महाजनको घरमा पस्यो । घर मालिक सुतिरहेको मौका पारेर चोरले बहुमूल्य सामान सबै चोरेर सुरकेसमा पोको पा¥यो । सुरकेसमा नअटेकाहरु कपडामासमेत पोको पा¥यो । अचानक महाजन ब्यूँझियो । महाजनले आफ्नो घरमा चोरी भएको र चोर पल्लो कोठामा रहेको थाहा पाए । टेलिफोन पनि चोर भएकै कोठा थियो । महाजनले केही पनि भेटेन । अब के गर्ने ? महाजन एक छिन सोच्न थाले । पलङ छेउमा भएको क्यासेट प्लेयरमा उनको ध्यान गयो । उसले क्यासेट प्लेयर बजायो । चोर सतर्क भए । गीत बच्ने बित्तिकै चोर ठिङ्ग उभिएर हलचल नगरि बस्न थाल्यो । त्यही मौका छोपेर महाजनले चोरको हात खुट्टा डोरीले बाँध्यो । यहाँसम्मकी महाजनले पुलिसपनि बोलाउन भ्यायो । पुलिस आयो । पुलिसले उसलाई गाडिमा हालेर लग्यो । पुसिलको गाडीमा पस्दै गर्दा चोरले महाजनलाई भन्यो । ‘ म माथि धोका भयो ।’ अब चोर पुलिस चौकीमा पुग्यो । अदालतमा मुद्धा चल्यो । बयानको क्रममा महाजनले चोरलाई चतु¥याँईपूर्वक समाउन सफल भएको भनि फुर्तिका साथ बयान दियो । अन्तमा अदालतले फैसला सुनायो । ‘राष्ट्रभक्ति चोरलाई रिहा गरिन्छ, राष्ट्रिय गीत बजिरहेको बेला गीतको घोर अपमान गरेर चोरलाई बाँध्नतिर लागेको हुनाले निज महाजनलाई दुईवर्षका लागि जेल सजाय सुनाईन्छ ।’