बांग्लादेशको विदेशी मुद्रा भण्डारमा दबाव, ह्वात्तै बढाइयो १३५ सामग्रीका कर
एजेन्सी,
विश्वमा बांग्लादेशले अत्यावश्यक बाहेकका १ सय ३५ प्रकारका सामग्रीको आयात कर २० प्रतिशत पुर्याएको छ । देशको आर्थिक संकटको जोखिममा जान लागेपछि त्यहाँको सरकारले फूल, फल, फर्निचर र कस्मेटिकसहित १ सय ३५ उत्पादनको आयात कर २० प्रतिशत पुर्याएको हो । त्यहाँको अखबार डेलीस्टारका अनुसार सरकारले अत्यावश्यक बाहेकका बिलाशी वस्तुको आयात नियन्त्रणमा लागेको हो । अहिले २० प्रतिशत पुर्याइएको आयातकर पहिला ३ प्रतिशत थियो । अहिले बांग्लादेशसँग ४२.२ अर्ब डलर विदेशी मुद्राको सञ्चिती छ । यसले उसको पाँच महिनाको आयात धान्न सक्छ । गतवर्ष अगस्टमा बांग्लादेशको विदेशी मुद्रा सञ्चिती ४८.१ अर्ब डलर थियो । यद्यपि पाकिस्तानको तुलनामा भारतसँग विदेशी मुद्राको सञ्चिती दोब्बर बढी छ । पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिती १६ अर्ब डलर मात्र छ ।