नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता
रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,
मुलुकमा सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सारेको छ। जेठ २२ देखि २८ गतेसम्म पोखरामा तय गरिएको प्रतियोगिता अब असोज २८ देखि ३ गतेसम्म हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। यसअघि कोभिड महामारी र निर्वाचनले पटक पटक सर्दै आएको प्रतियोगिता अब असोजमा पुगेको हो। खेलाडीलाई तयारी समय नपुगेको भन्दै प्रतियोगिता सार्ने खेलकुद मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। मंगलबार बसेको बैठकले पहिले नै इस्टमेट गरिएको ६० करोड खर्चमा प्रतियोगिता सञ्चालन गर्न सहमति दिएको हो। लगत्तै खेलकुद मन्त्रालयले चाँडपर्वको समय हेरेर असोज अन्तिम सातालाई छनोट गरेको हो। नवौं खेलमा राखेपले ३६ खेल समावेश गरेको छ।
Like